ad ad

कारोबार


नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नवौँ साधारणसभा स्थगित गर्न आदेश

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नवौँ साधारणसभा स्थगित गर्न आदेश

नेपालखबर
पुस २८, २०७८ बुधबार १८:८, काठमाडौँ

जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको नवौँ साधारणसभा स्थगित गर्न आदेश दिएको छ। 

संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारणसभा गर्ने घोषणा गरेका थिए।

उनले आज बिहान पत्रकार सम्मेलन आयोजना गरी साधारणसभा गर्ने बताएका थिए। संघको नियम विपरित साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारणसभा हाललाई नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिएको हो।

सो आदेशपछि सचिव तिमल्सिनालगायतको समूहले गर्ने साधारणसभा स्थगित भएको छ। न्यायाधीश चुरामन खड्काको एकल इजलासले साधारणसभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट रोक लगाउनेलगायतका विषयहरु उल्लेख गरी सहकारी विभागमा उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै विवादित भएको अवस्थामा सो साधारणसभा गर्नु उचित नदेखिएको आदेशमा उल्लेख छ।

सो आदेशमा भनिएको छ, ‘कोभिड संक्रमण तीव्रगतिमा फैलिएको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म २५ जनाभन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्न आदेश दिएको छ।

संघका अध्यक्ष भण्डारीले सदस्यताको विषयमा टुंगो लगाउन बाँकी रहेको र कोभिड महामारीको अवस्थामा साधारणसभा गर्न उचित नभएको जानकारी गराउँदै सूचना जारी गरेको अवस्थामा एकपक्षीय रुपमा साधारणसभा गर्न लागेपछि अदालतले अन्तरिम आदेश दिएको विभागमा उजुरीको किनारा लाग्न बाकी रहेकै अवस्थामा  सचिव तिमल्सिनाले अन्य पदाधिकारीको हवाला दिएर सभा गर्न लागिपरेका थिए।

संघले उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गराएको थियो। उपाध्यक्षसहितको बहुमत भनिएका सदस्यले अध्यक्षको स्वीकृतविना लोगो, ब्यानर प्रयोग गरेको आरोप लागेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .