ad ad

कारोबार


नेपाली परम्परागत गहना विदेशी बजारमा पुर्‍याउन गृहमन्त्रीको आग्रह

नेपाली परम्परागत गहना विदेशी बजारमा पुर्‍याउन गृहमन्त्रीको आग्रह

फाइल फाेटाे


नेपालखबर
पुस २८, २०७८ बुधबार १७:३८, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताएका छन्।

बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरूसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताए। 

नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उनले बताए।

नेपाली पुर्खाहरुले लगाएको गहनाहरूको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाइ विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उनले व्यवसायीहरुलाई आग्रह गरे। गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उनले धारणा राखे।

गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने बताए। यसका साथै कच्चा सुन किन्दा विदेशी भूमिमा पुगेको पैसा गहना बिक्री गरेसँगै नेपाल फर्किने पनि उनले बताए। 

उनले भने, ‘नेपाली कालिगढहरुलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो। नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भनेपनि त्यसले मद्दत पुर्‍याउँछ। विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ। त्यतापट्टि ध्यान दिनुस्। विधि अनुकुल तपाईंहरु अगाडि बढ्नुस्।’

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .