ad ad

कारोबार


ओपो इन्नो डे २०२१ ले जित्यो एफओटीडी अवार्ड

ओपो इन्नो डे २०२१ ले जित्यो एफओटीडी अवार्ड

नेपालखबर
पुस २८, २०७८ बुधबार १७:३, काठमाडौँ

ओपो इन्नो डे २०२१ वेबसाइटले एफडब्ल्यूए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (एफडब्ल्यूए) अवार्ड जितेको छ। 

कम्पनीका अनुसार डिजिटल डिजाइन र मिडिया रचनात्मकताका क्षेत्रमा एक अग्रणी अवार्डका रुपमा रहेको एफडब्ल्यूएमा विश्वभर मध्यबाटै सर्वाधिक प्रगतिशील र अग्रगामी परियोजनाहरुको वास्तविक समयमै छनोट गर्नका लागि ३५ भन्दा बढी देशका ५ सय ब्यवसायिक निर्णायकहरु सम्मिलित रहेका छन्। 

तिनले डिजिटल प्रविधि र कला डिजाइनको संयोजनमा अत्याधुनिक रचनात्मकता प्रदर्शित गरेका योजनाहरुको छनोट तथा सम्मान गर्ने गर्छन्।

ओपो ईन्नो डे २०२१को आयोजना डिसेम्बर १४–१५मा ओपो इन्नो वर्ल्डमा गरिएको थियो। इन्नो वर्ल्डमा आगन्तुकले आफ्नो इच्छा अनुसार अवतार अनुकूलन गर्ने, तस्बिर खिच्ने तथा नयाँ ओपो एयर ग्लास, ओपो फाइन्ड एन तथा अन्य अत्याधुनिक प्रविधिहरुको अनुभव लिन सक्थे।

साथै, इन्नो वर्ल्डमा तिनले समय र भौतिक सीमाहरु पार गर्ने अनुभव समेत बटुलेका थिए।

तिनले स्वतन्त्ररुपमा च्याट गर्ने, विश्वभरका अन्य मानिससँग अन्तरक्रिया गर्दै इमोजी पठाउने तथा आफ्नो व्यक्तित्व समेत झल्काउने अवसर प्राप्त गरेका थिए। इन्नो डे २०२१मा २५ लाख आगन्तुकले इन्नो वर्ल्डको भ्रमण गरी ओपोका नवप्रवर्तनको अनुभव गरेका थिए।

इन्नो वर्ल्ड हालपनि अनलाइनका माध्यमबाट उपलब्ध रहेको छ। तसर्थ, प्रयोगकर्ताले अझैपनि यसका माध्यमबाट रोमाञ्चक भर्चुअल अन्तरक्रियाको मज्जा लिन सक्छन्। 
फेवरेट वेबसाइट अवार्ड, एफडब्ल्यूएको स्थापना ईंग्ल्यान्डको यूकेमा सन् २००० मेमा भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .