ad ad

कारोबार


‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि वाइफाइ हटस्पटमा १०० जीबी फ्री वाइफाइ पाउने

‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि वाइफाइ हटस्पटमा १०० जीबी फ्री वाइफाइ पाउने

नेपालखबर
पुस २८, २०७८ बुधबार १५:२६, काठमाडौँ

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी [हाइपरलिंक (यहाँ क्लिक गर्नुहोस्)]  ‘खल्ती’ले ‘खल्तीमा १०० जीबी’ अफर ल्याएको छ। 

यसअन्तर्गत [हाइपरलिंक (यहाँ क्लिक गर्नुहोस्)]  ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। 

१०० जीबी फ्री वाइफाइ एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ।  रजिस्टर गरेपश्चात् ‘खल्ती’ एपको ‘पपुलर सर्भिसेस’मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्रि वाइफाइ’ मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाइफाइ प्रयोग गर्न सकिनेछ। 

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्रि वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर पौष २७ देखि माघ २६, २०७८ सम्म लागू हुनेछ। 

यस सुविधामार्फत नेपालमा उपलब्ध भएको १४ हजारभन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ। 

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .