ad ad

कारोबार


हिमालयन क्यापिटलले ल्यायो नयाँ लगानी योजना ‘अल्फा’ र ‘सिग्मा’

हिमालयन क्यापिटलले ल्यायो नयाँ लगानी योजना ‘अल्फा’ र ‘सिग्मा’

नेपालखबर
पुस २८, २०७८ बुधबार १५:१८, काठमाडौँ

हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि लगानी सम्बन्धी दुई नयाँ योजना सार्वजनिक गरेको छ। 

कम्पनीले ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको जनाएको छ।  

हिमालयन ‘अल्फा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ।

यस्तै हिमालयन ‘सिग्मा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ। 

सिर्जित प्रतिफलको वार्षिक मूल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्नेछ।

हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु पर्ने छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .