सेयरबजारमा आज गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ३०.५१ अंकले र सेन्सिटिभ सूचक ७.०४ अंकले घटेको छ।
आजको कारोबारमा २२९ कम्पनी सामेल भएका छन्।
आज १ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ९० हजार ५ सय ९० पटक भएको किनबेचमा ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हो।
बुधबार व्यापार, उत्पादन र लगानी समूहको सूचक हरियो रहे पनि अरु सूचकहरु राताम्य छन्।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित चार कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्।
गुमाउने लगानीकर्ताले ६.२१ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।
आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको २८ करोड रुपैयाँको कारोबार भएको हो।
36
Shares
प्रतिक्रिया