ad ad

कारोबार


एसिड आक्रमण जितेकी वसन्तीको बाँकी ऋण तिर्न नबिल बैंकका सीईओको यस्तो अपिल

एसिड आक्रमण जितेकी वसन्तीको बाँकी ऋण तिर्न नबिल बैंकका सीईओको यस्तो अपिल

बसन्तीसँग अनिल शाह। साथमा उनलाई सहयाेग गर्न सकिने क्यूआर काेड।


नेपालखबर
पुस २७, २०७८ मंगलबार १८:५, काठमाडौँ

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एसिड आक्रमणबाट बाँच्न सफल वसन्ती परियारको लागि सामाजिक सहयोग अभियान सुरु गरेका छन्। 

सामाजिक सञ्जालमा उनको लागि सहयोग गर्न आह्वान गर्दै सीईओ शाहले अपिल गरेका हुन्। 

तीन वर्षअघि अर्थात् ०७५ असोज ८ मा परियारमाथि एसिड आक्रमण भएको थियो। एसिडसँगै उनको चक्कु प्रहार गरी हत्या प्रयास नै भएको थियो। छ पटकसम्म उनीमाथि चक्कु प्रहार भए पनि उपचारपछि उनी बाँच्न सफल भएकी थिइन्। 

अहिले घाउ सञ्चो हुँदै गएपछि परियार आफ्नो परिवारसँग बसिरहेकी छिन्। उनी छोरा र छोरीलाई श्रीमानसँगै मिलेर हुर्काइरहेकी छिन्। 

एसिड र चक्कु प्रहारपछि उपचारका लागि उनले ऋण लिएकी थिइन्। सोही कारण उनले एक सहकारीलाई तिर्नुपर्ने ऋणको भार अझै ८ लाख रहेको सीईओ शाहको भनाइ छ। 

केही रकम तिरेर अझै बाँकी रहेको आठ लाख ऋण सार्वजनिक सहयोगमार्फत तिर्ने पहलस्वरुप अग्रसरता देखाएको सीईओ शाहको भनाइ छ। 

उनको ऋण सार्वजनिक सहयोगमार्फत तिरिदिँदा अहिले उनले कमाइरहेको पैसा बचत हुने भएकाले वसन्तीलाई नयाँ जीवनका लागि सहयोगका लागि सीईओ शाहले सामाजिक सञ्जाल फेसबुकमै अपिल गरेका छन्। 

यसका लागि नबिल बैंकमा खाता खोलिएको छ। इच्छुक सहयोगदाताले निम्न नाम र ठेगानामा रकम सहयोग गर्न सक्छन्। 

सहयोग गर्नका लागि :
एकाउन्ट नाम : वसन्ती परियार (Basanti Pariyar)
खाता नम्बर : ०१११००१७५०४७२२ (01110017504722)
बैंकको नाम : नबिल बैंक, भलबारी शाखा  (Nabil Bank, Bhalwari Branch)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .