मंगलबार सेयर बजारमा ६ अर्ब ७२ करोड बढीको कारोबार भएको छ। ४९ अंक बढ्दै मंगलबार १ करोड १९ लाख सेयर कारोबार भएको हो।
नेप्से इन्डेक्स २८ सय ३४ अंकमा पुगेको छ।
मंगलबार सर्वाधिक कमाई गर्नेमा नारायणी विकास बैंक, नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयर १० प्रतिशत ले बढेको छ।
गुमाउनेमा माउन्टेन इनर्जी नेपालले ३.५२ प्रतिशत, नेपाल एसबीआई बैंकको २ प्रतिशत, शिवम् सिमेन्टको १.४९ प्रतिशत, रुरू जलविद्युतले १.२५ प्रतिशत घटेको छ।
सेयर कारोबारमा २३२ कम्पनी सहभागी रहेका थिए।
33
Shares
प्रतिक्रिया