ad ad

कारोबार


पूँजीगत खर्च साढे ९ प्रतिशत मात्रै, अर्थमन्त्रीको निर्देशन : ६ महिनामा सतप्रतिशत पुर्‍याउनू

पूँजीगत खर्च साढे ९ प्रतिशत मात्रै, अर्थमन्त्रीको निर्देशन : ६ महिनामा सतप्रतिशत पुर्‍याउनू

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०७८ मंगलबार १४:३५, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन्।

मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई आग्रह गरेको हो। 

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईहरुलाई सहयोग गर्न तयार छु ।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न  बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरे।  

मन्त्री शर्माले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए। 
 

 उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्नुहुँदै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए। 

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्‍यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो। टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

 सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत मात्रै भएको छ। समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .