ad ad

कारोबार


इन्टरनेसनल ट्राभल सर्भिसेज थाइ स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

इन्टरनेसनल ट्राभल सर्भिसेज थाइ स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

नेपालखबर
पुस २६, २०७८ सोमबार २२:१८, काठमाडौँ

थाइल्याण्डको क्षत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ।

यो नियुक्ती २०२१ डिसेम्बर १ देखि लागू भइसकेको कम्पनीले जनाएको छ।

बैङ्कक स्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षत्रीय थाइ स्माइल एयरवेजलेसोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको हाे। 

सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाइ स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ।

सम्झौतामार्फत थाइ स्माइल एयरवेजले नेपाली ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै नेपाली बजारमा रहेको अवसरलाई सदुपयोग गर्ने कम्पनीकाे भनाइ छ।

यस्तै सन् १९६८ देखि थाइ एयरवेज इन्टरनेसनलले वायुसेवा प्रदान गर्दै आएको यस रुटमा फेरि वायुसेवा प्रदान गर्दै नेपाल र थाइल्याण्ड बीचको दूरी पनि मेटाउने लक्ष्य राखेका कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .