ad ad

कारोबार


संकटा क्लबलाई हिमालयन बैंकको प्रायोजन

संकटा क्लबलाई हिमालयन बैंकको प्रायोजन

नेपालखबर
पुस २६, २०७८ सोमबार २२:८, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोडस्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ। 

बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो।  बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको जनाएको छ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक  समारोहका बीच संकटा क्लबका महासचिव रमेश ध्वज बस्नेतलाई हस्तान्तरण गरे। 

समारोहमा महाप्रबन्धक अनुप मास्के लगायत पदाधिकारी तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .