सेयरबजार आज दोहोरो अंकले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १९.४३ अंकले र सेन्सिटिभ सूचक ३.१६ अंकले बढेको हो।
आजको कारोबारमा २३६ कम्पनी सामेल भएकामा १ करोड ४२ लाख कित्ता सेयर बिक्री भएका छन्।
दिनभरिमा ७७ हजार १ सय ८३ पटकको खरिदबिक्रीपछि ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।
सोमबारको कारोबारमा बैंकिङ, होटल र पर्यटन तथा उत्पादन समूहको सूचक घटेको छ।
आज मध्यभोटेकोशीसहित तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। आज गुमाउने लगानीकर्ताले ३.१७ प्रतिशतसम्म मात्रै घाटा व्यहोरेका छन्।
आज २२ करोडको सर्वाधिक कारोबार भएको छ।
42
Shares
प्रतिक्रिया