ad ad

कारोबार


कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

नेपालखबर
पुस २६, २०७८ सोमबार ११:४९, काठमाडौँ

नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’मा सहकार्य गर्न आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ। 

नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आउँदो माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गइरहेको पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीमै एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद’को आयोजना आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिले गर्दै छ। 

कृषिसम्बन्धी सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उद्देश्य छ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गइरहेको उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानीसम्बन्धि राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख श्री निरज कुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि कर्जा मेलामा आयोजना हुन लागेको ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’को प्रस्तुति गर्न पाउदा नबिल बैंक गौरवान्वित भएको निरज कुमार बस्नेत (डनिल) ले बताए। 

उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ।

त्यस्तैगरी सुनिता न्हेम्हाफूकीले भनिन्, ‘सबै बैंक÷वित्तीय संस्था एकै थलोमा, बुझौं र बुझाऔं कृषि कर्जाको बारेमा” भन्ने हाम्रो प्रयासलाई नबिल बंैकका साथले सम्रग कृषिमा वित्तीय पहु“च पुर्याउने कामको लागि यस सहकार्य कोसेढुंगा साबित हुनेछ।’ 

नेपालमा नै पहिलो पटक हुन लागेको यो मेलाले कृषिमा देखिने गरेर परिबर्तन ल्याउनेछ भन्नेमा विश्वस्त रहेको बताए।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .