ad ad

कारोबार


एनआईबीएल एस क्यापिटलको लगानी सचेतना कार्यक्रम

एनआईबीएल एस क्यापिटलको लगानी सचेतना कार्यक्रम

नेपालखबर
पुस २३, २०७८ शुक्रबार १५:३८, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ। 

उक्त  कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुबारे छलफल भएको कम्पनीले जनाएको छ। 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस २३ गते प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्र्रदेश नं २ वीरगञ्जमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। 

उक्त  कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता हुनुका साथै  विभिन्न सल्लाह सुझाव समेत प्रदान गर्नुभएको छ । यस अघि यस्तै अन्र्तक्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .