ad ad

कारोबार


शिवाकोटी भन्छन् : नाडामा सबै व्यवसायीलाई समेट्न ध्रुव थापा प्यानलको जित आवश्यक छ

शिवाकोटी भन्छन् : नाडामा सबै व्यवसायीलाई समेट्न ध्रुव थापा प्यानलको जित आवश्यक छ

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १९:५९, काठमाडौँ

कपिल शिवाकोटीले नाडामा कार्यसमिति सदस्यको रुपमै २ कार्यकाल बिताइसकेका छन्। 

नाडामा उनको पहिलो कार्यकाल त बुझ्नमै बित्यो। दोस्रो कार्यकालमा विभिन्न समितिमा बसेर काम गरे। 

उनको दोस्रो कार्यकालमा नाडा ७ प्रदेशमै विस्तार भयो। नाडा संगठन विस्तार समितिको उपसभापति रहेकाले त्यसमा उनले महत्वपूर्ण योगदान गरे।  

नाडामा पहिला भेहिकल कमिटीमा प्यासेन्जर र कमर्सियलको एउटै समिति रहेको थियो। नाडामा कमर्सियल भेहिकलको मुद्दा जहिले ओझेलमा पर्ने गरेको थियो। 

शिवाकोटीले नै कमर्सियलको छुट्टै समिति हुनुपर्ने मागअनुसार कमर्सियल भेहिकलको कमिटी बनेको छ। 

नाडामा भए पनि आफूअनुकूलको टिम नहुँदा चाहेको एजेन्डा स्थापित गराउन नसकिने उनको अनुभव छ। 

‘अहिले त्यही भएर ध्रुव थापाको नेतृत्वमा टिम घोषणा गरेका छौँ’, लक्ष्मी हुन्डाईको सेल्स एन्ड अपरेसन डाइरेक्टर रहेका शिवाकोटीले भने, ‘अहिले हामीले चाहेको कुरा स्थापित गर्नसक्ने अवस्था रहेन।’

शिवाकोटीले ध्रुव थापा सानो व्यवसायबाट आएको हुनाले सबै क्षेत्रमा अनुभव बटुलेको बताउँछन्। त्यसले पनि देशभरका व्यवसायीका मुद्दा सम्बोधन गर्नसक्ने उनको भनाइ छ। 

नाडाको संरचना अनुसार ६५ प्रतिशत काठमाडौंबाहिरका व्यवसायी छन्। थापा मोफसलका व्यवसायी भएको हुँदा सबैलाई समेट्ने विश्वास रहेको शिवाकोटीले बताए। 

ध्रुव थापाको प्यानलले जित हासिल गरे प्रतिनिधिलाई भोट हाल्ने व्यवस्था खारेज गर्ने उनले घोषणा नै गरेका छन्। 

‘आफ्नो भोट आफैँ हाल्दा त दुरुपयोग हुन्छ। सही नेतृत्व छान्न पाइएको छैन भन्ने गुनासो रहन्छ’, उनले भने, ‘अटोमोबाइल्स व्यवसायीले आफ्नो नेतृत्व कस्तो हुनुपर्छ भन्ने आफै छान्नुपर्छ। त्यसको लागि अनलाइन सिस्टम लागू गर्छौँ।’

आफ्नो टिमले नाडाका प्रतिनिधि जहाँ छ त्यहीँबाट भोट हाल्ने व्यवस्था गर्ने शिवाकोटीले दाबी गरे। 

उनले थपे, ‘७ प्रदेशमा संगठन विस्तार गरिएको छ तर सबै व्यवसायी समेट्न सकिएको छैन’, उनले भने, ‘डिलर व्यवसायीको समस्या धेरै रहेकोले त्यसको समाधानका लागि हाम्रो टिमले काम गर्ने प्रतिबद्धता जनाउँछौँ।’ 

उनले आफूहरुको एजेन्डा स्थापित गर्न प्यानललाई नै जिताउनुपर्ने बताउँदै मतदान गर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .