चिप्स अभावको कारण भारतमा कार उत्पादन घट्दा करिब ६ खर्ब नेपाली रुपैयाँ बराबरको घाटा भएको छ।
चालू आर्थिक वर्षमा ५ देखि ६ लाख गाडी कम उत्पादन हुँदा ६ खर्ब गुम्ने देखिएको हो।
भारतले अप्रिलदेखि अक्टोबरसम्म करिब ३ लाख बढी गाडी उत्पादन कम भइसकेको छ। गाडी उत्पादन कम हुनुमा बजारको मागभन्दा पनि चिप्स अभाव मुख्य कुरा रहेको बताएका छन्।
भारतमा विस्तारै चिप्स्प आपूर्ति सुरु हुनलागेको बताइएको छ। गाडी उत्पादकले अझै २ लाख ५० हजारदेखि ३ लाखसम्म कम हुने आकलन गरेका छन्।
प्यासेन्जर भेहिकलमा भारतमा सबैभन्दा ठूलो बजार हिस्सा रहेको मारुती सुजुकीले २० प्रतिशत उत्पादन घटेको उल्लेख गरेको छ। मारुती सुजुकीले सेमिकन्डक्टर अभावबाहेक कोभिड माहामारीको अवरोधले बजार घटेको उल्लेख गरेको छ।
171
Shares
प्रतिक्रिया