ad ad

कारोबार


महालक्ष्मी विकास बैंकका लगानीकर्तालाई २१ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकका लगानीकर्तालाई २१ प्रतिशत लाभांश प्रस्ताव

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १४:४४, काठमाडौँ

महालक्ष्मी विकास बैंकका सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव भएको छ। 

बैंकको सञ्चालक समितिको आइतबार बसेको ५०४औँ बैठकले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्तावसम्बन्धी निर्णय गरेको हो। 

बैंकले आर्थिक वर्ष २०७७÷०७८ को वितरणयोग्य मुनाफा रकमबाट बैंकका सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार ७ सय २४ रुपैयाँबाट ७० करोड ३६ लाख ६३ हजार ७ सय ३२ रुपैयाँको लाभांश प्रस्ताव गरेको हो। 

राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको बस्ने २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .