ad ad

कारोबार


गठन भयो अटो पत्रकार संघ, नाडाको स्वागत

गठन भयो अटो पत्रकार संघ, नाडाको स्वागत

नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार १३:२४, काठमाडौँ

अटो क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको संघ गठन भएको छ। उज्जल जंग शाहको नेतृत्वमा   ११ सदस्यीय अटो पत्रकार संघ (जाम) गठन भएको हो। 

नवगठित कार्यसमितिलाई  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ। काठमाडौंको सोल्टी होटलमा कार्यक्रमगरी नाडाले अटो पत्रकार संघ (जाम) र नाडाबीच अन्तरक्रिया कार्यक्रम समेत गरेको छ। 

 नवगठित अटो पत्रकार संघ (जाम) का अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष सुरेन्द्र पौडेल, महासचिव सागर गजुरेल, सचिव तोयनाथ पौडेल, कोषाध्यक्ष रोशन कुमार श्रेष्ठ, सदस्यहरु सौरभ नेपाल, प्रयास श्रेष्ठ, रामकृष्ण न्यौपाने (शक्ति), बसन्त अर्याल , युवराज बस्नेत, उज्वल घिमिरेलाई नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सम्मान गरेका छन् ।

जामका अध्यक्ष उज्वल जंग शाहले नेपाल सरकार र अटो व्यवसायी बिचको सुमधुर सम्बन्धका लागि अटो पत्रकार संघ (जाम) ले बलियो पुल भएर काम गर्ने बताए ।

त्यस्तै, महासचिव सागर गजुरेलले पत्रकारहरुका संस्था धेरै भए पनि अटोमोबाइलमा काम गर्ने पत्रकारका लागि भने व्यवस्थित संस्था नभएकाले संघ गठन गर्नु परेको बताए। 

कार्यक्रममा  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले देशको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए । सवारी साधनको चाप अनुसार सडक नबनेको बताउँदै उनले व्यवसायी र पत्रकारले सडकको स्तरोन्नतिसहित पूर्वाधार विकासमा सरकारलाई सकारात्मक दबाब दिनुपर्ने बताए । 

नाडाका उपाध्यक्ष करण चौधरीले पत्रकारसँग भएको कलमको महत्व निकै ठुलो रहेकाले त्यस कलमलाई व्यक्ति र कम्पनी विषेश भन्दा पनि अटोको हितमा एकबद्ध भएर कलम चलाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .