ad ad

कारोबार


माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयमा गर्‍यो मोबाइल लकरको व्यवस्था

माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयमा गर्‍यो मोबाइल लकरको व्यवस्था

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १७:४१, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगन्तुकहरुको लागि मोबाइल लकरको व्यवस्था गरेको छ। 

बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको हो। 

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा रविन काटी उद्घाटन गरेको बैंकले जनाएको छ। 

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा  सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्नेछन्।

बैंकले १६२ वटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .