ad ad

कारोबार


जीडब्लुएमको ‘एक्सचेन्ज क्याम्प’ : टेस्ट ड्राइभ गरेर जित्नुहोस् आकर्षक उपहार

जीडब्लुएमको ‘एक्सचेन्ज क्याम्प’ : टेस्ट ड्राइभ गरेर जित्नुहोस् आकर्षक उपहार

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १६:५४, काठमाडौँ

ग्रेट वाल मोटर्स (जीडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक बिक्रेता भीजी इम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभीहरु तेस्रो पुस्ताको  हवाल एच६ र हवाल जोलायनका साथै पीक–अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । 

बुधबारदेखि सुरु भएको यो क्याम्प १४ गते सकिने कम्पनीले जनाएको छ। 

यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक्नेछन्। सहभागी हुनका लागि इच्छुक महानुभावहरुले थापाथली, काठमाडौं स्थित ग्रेट वाल मोटर्स को शाोरुममा गएर बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेभित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ।  

इच्छुक सहभागीहरुले जीडब्लुएमको फेसबुक पेज (यहाँ क्लिक गर्नुहोस्) जततउकस्ररधधध।ाबअभदययप।अयmरन्ध्ः।ल्ए मार्फत बुकिङ्ग गर्न सक्नेछन्।
     
टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको एमआई स्मार्ट टिभी जित्ने मौका पाउनेछन्। 

क्याम्पअन्तर्गत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ। सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन्। 

जीडब्लुएमले अक्टोबर २०२१ मा जम्मा १ लाख १२ हजार ६९ वटा गाडी बिक्री गरेको छ जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४ हजार ४७ बिक्री गरेको थियो। 

सन् २०२१ को जनवरीदेखि अक्टोबरसम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको १ लाख १२ हजार २० सहित ९ लाख ९६ हजार ११४ गाडी बिक्री भएको कम्पनीले जनाएको छ। यो भनेको ३०.३ प्रतिशतको वृद्धि हो। 

चीनमा विगत ११ वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी, हवाल ६५ लाखभन्दा धेरै सङ्ख्यामा बिक्री भइसकेको हवाल अहिले ७० लाख पुगेको छ। 

३५ लाखभन्दा धेरै बिक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो। 

चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्षदेखि सबैभन्दा माथि रहेको छ। 

घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .