ad ad

कारोबार


जहाजमा स्याल ठोक्किएपछि बुद्ध एयरले गरायो उड्डयन प्राधिकरणको ध्यानाकर्षण

जहाजमा स्याल ठोक्किएपछि बुद्ध एयरले गरायो उड्डयन प्राधिकरणको ध्यानाकर्षण

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १२:२२, काठमाडौँ

नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा आफ्नो जहाजमा बुधबार स्याल ठोक्किएपछि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। 

कम्पनीले घटनाबारे विज्ञप्ति निकाल्दै पहिले पनि यस किसिमको घटना हुँदै आएकाले त्यसको निवारण गर्न एयरले माग गरेको हो। 

बुधबार काठमाडौंबाट नेपालगञ्जको उडान नं. ४०७, कल साइन ९एन एजेएक्स जहाज अतवरण गर्ने क्रममा स्यालसँग ठोक्किन पुग्दा जहाजमा सामान्य क्षति पुगेको थियो। 

सो क्रममा चालक दलसहित सबै यात्रुहरु सुरक्षित रहेका थिए। 

‘नेपालगञ्जमा रहेका यात्रुहरुलाई लिनका लागि काठमाडौंबाट छुट्टै खाली जहाज पठाएका थियौँ, बुद्ध एयरले भनेको छ, ‘नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। भविष्यमा यस किसिमको दुर्घटना दोहोरिन नदिन सबै उपायहरु अवलम्बनका लागि पनि अनुरोध गर्दछौँ।’

यसअघि गत कात्तिक १६ गते पनि सोही विमानस्थलमा सीता एयरको जहाज अवतरणको क्रममा तीनवटा बँदेलसँग ठोक्किएको थियो। चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको थियो। 

त्यतिबेला पनि जहाजमा सवार सबै यात्रु र चालकदलका सदस्य सकुशल रहेका थिए। तर बारम्बार घटना दोहोरिए पनि प्राधिकरणले विमानस्थलको भरपर्दो सुरक्षा व्यवस्था गर्न सकेको छैन। उक्त घटनापछि केही समय उडान नै प्रभावित हुन पुगेको थियो। 

विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायत जंगली जनावर जहाजसँग ठोक्किने गरेका छन्। तर त्यसको यथोचित प्रबन्ध मिलाउन प्राधिकरणले चासो नै दिएको छैन। 

  • याे पनि :

बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

नेपालगन्ज : सीता एयरको जहाजमा तीनवटा बँदेल ठोक्किँदा धावनमार्गभरि मासु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .