ad ad

कारोबार


कोषद्वारा कोभिडबाट मुत्यु भएकाको परिवारलाई एक करोड ६८ लाख रुपैयाँ  भुक्तानी

कोषद्वारा कोभिडबाट मुत्यु भएकाको परिवारलाई एक करोड ६८ लाख रुपैयाँ  भुक्तानी

नेपालखबर
मंसिर ८, २०७८ बुधबार १५:२७, काठमाडौँ

नागरिक लगानी कोषले कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ। 

कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो।

सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ। कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो। 

उक्त शाखाका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफूलाई राहत पुगेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .