निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले प्रदेशस्तरीय उडान आजदेखि सुरु गरेको छ।
कम्पनीले गण्डकीबाट बागमती र लुम्बिनीमा उडान सुरु गरेको हो।
यसअनुसार कम्पनीले बुधबारदेखि पर्यटकीय सहर पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्जमा उडान थालेको छ।
कम्पनीका अनुसार बुधबार पोखरा–ाभरतपुर बिहान सवा ९ मा र भरतपुरबाट पोखरा बिहान ९ः५० मा उडान भएको छ।
त्यस्तै बिहीबार पोखराबाट भैरहवा बिहान १०ः२५ मा र भैरहवाबाट पोखरा बिहान ११ बजे उडान हुनेछ भने शुक्रबार पोखरा–नेपालगन्ज मध्याह्न १२ः०५ मा र नेपालगन्जबाट पोखरा दिउँसो १ बजे उडान हुने तालिका रहेको कम्पनीले जनाएको छ।
बुद्ध एयरसँग प्रतिस्पर्धा
गुणले सुरु गरेको प्रदेशस्तरीय उडानमा बुद्ध एयरसँग प्रतिस्पर्धा हुने देखिएको छ।
बुद्धका जहाजले पनि उक्त गन्तव्यमा उडान भर्दै आएका छन्। केही महिनाअघि बुद्धले यी गन्तव्यमा उडान सुरु गरेको थियो।
Shares
प्रतिक्रिया