ad ad

कारोबार


एजेन्टहरु कोरिया जाने युवासँग अवैध रुपमा रकम असुल्दै थिए, त्यही बेला श्रममन्त्री पुगे

एजेन्टहरु कोरिया जाने युवासँग अवैध रुपमा रकम असुल्दै थिए, त्यही बेला श्रममन्त्री पुगे

श्रममन्त्री श्रेष्ठ।


नेपालखबर
मंसिर ८, २०७८ बुधबार १४:१४, काठमाडौँ

विभागीय मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेन्टहरुको ठगीबाट जोगिएका छन्।

भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अवैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन्।

वैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेण्टबाट भोग्नुपरेका समस्याका बारेमा सञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे मन्त्री स्वयम्ले चासो देखाउने गरेका थिएनन्। 

तर मन्त्री श्रेष्ठ भने कोरिया पठाउँदै आएका एजेन्टले बन्धकजसरी राखेका युवालाई भेट्न आफैँ होटल पुगेका थिए। 

मंगलबार राति मन्त्रीको मोबाइलमा आएको सूचनाका आधारमा उनी सुरक्षाकर्मी, श्रम विभागका अधिकारीसहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुगेका थिए। 

बुधवार साँझ कोरिया उड्न लागेका दजनौँ युवाहरुलाई अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जबर्जस्ती राखिएको थियो। 

पीडित युवाहरुले आफूहरुलाई एजेन्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसंग गरेका थिए।

पीडितहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारबाही गर्न निर्देशन पनि दिए। 

मन्त्री श्रेष्ठले भने, ‘म पैसा कमाउन मन्त्री भएको मान्छे होइन, केही गर्न मन्त्री भएको मान्छे। जो–जोसँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस्। अब तपाईँलाई मर्का प¥यो होला, कसले एग्रिमेन्ट ग¥यो ऊ सँग माग्नुस्। यो भाइबहिनीहरुसँग माग्ने होइन।’

वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानबिन हुने र भविश्यमा यसता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आवश्वासन दिए। 

उनले भने, ‘भाइहरुले अहिलेसम्म जति टेन्सन लिनुभयो, जति टर्चर लिनुभयो त्यसका लागि सरी। मन्त्रालयको हेड त म हो। एउटा खरिदार, कर्मचारी जसले गल्ती गरे पनि त्यसको जिम्मेवारी त मैले लिनुप¥यो। म फेरि जिम्मेवारीबाट पन्छिने मन्त्री होइन। भाइहरु कोही ४ दिन, कोही ५ दिन, कोही ७ दिन बसेको छ। त्यो हिसाबले क–कसको लिनुभएको छ फिर्ता गर्नुस्। उहाँहरु उड्ने बेलामा म एयरपोर्ट आउँछु त्यहाँ एक जना भाइहरुले कम्प्लेन ग¥यो भने तपाईँलाई सिधै थुन्छु है म फेरि। क्लियर हुनुस् है त!’

पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सुचना पु¥याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सूचनाको आधारमा मन्त्री आफैँ आएर समस्या सल्ट्याइदिएकोमा खुशी व्यक्त गरे।

उनले सरकारी संयन्त्रमा भएका सबैले मन्त्री श्रेष्ठले जसरी कर्तव्य निर्वाह गरे नागरिकले दुःख, कष्ट भोग्नु नपर्ने बताए। भाषा परीक्षा पास गरेका युवाहरु बुधवार साँझ कोरिया प्रस्थान गर्दै छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .