ad ad

कारोबार


सानिमा बैंकद्वारा १० लाख रुपैयाँ दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैयाँ दुर्घटना बीमा रकम हस्तान्तरण

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार २१:२९, काठमाडौँ

सानिमा बैंकले सानिमा दिर्घायू बचत खाता अन्तर्गत दिर्घायू तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ। 

बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको छ।

बीमाको रकम श्रीमती कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल र बीमा प्रदायक

कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले संयुक्त रुपमा हस्तान्तरण गरे। 

स्वर्गीय राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए।

सानिमा बैंकले दिर्घायू बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बीमा रु १० हजार बराबरको ओपीडी सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .