ad ad

कारोबार


ईयूलाई पर्यटन मन्त्रीको आग्रह : नेपाल वायुसेवालाई कालोसूचीबाट हटाइदिनू

ईयूलाई पर्यटन मन्त्रीको आग्रह : नेपाल वायुसेवालाई कालोसूचीबाट हटाइदिनू

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार २०:४, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन आग्रह गरेका छन्।

युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा उद्योगलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गरेका हुन्। 

मन्त्री आलेको आग्रह पछि निर्देशक पाम्पोलोनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताइन्। 

उनले भनिन्, ‘वायुसेवा निगमलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालो सूचीबाट हट्ने छ।’

भेटका क्रममा दुइ पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो।

 नेपाल–सघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि ईयूका प्रतिनिधी  काठमाडौँमा रहेका छन्।
बैठक भोलि (बुधबार) देखि सुरु हुने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .