ad ad

कारोबार


शाओमीको मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा

शाओमीको मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १७:४६, काठमाडौँ

शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ। छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी छन्।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो जसको सहायताले तपाईंले बाहिरी पावर सप्लाई बिनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा, जहाँँ भए पनि पूर्ण आत्मविश्वासको साथ इनफ्लेट गर्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै गरि मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर हो। 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमीमा हामी अत्याधुनिक उत्पादन खोज्ने उपभोक्ताको लागि उत्कृष्ट प्रदर्शन गर्ने र आकर्षक डिजाइनयुक्त उत्कृष्ट प्रविधिको आविष्कारहरू ल्याउन केन्द्रित रहेका छौं। मी एयर प्युरिफायर–३ ट्रिपल लेयर फिल्टरेशन युक्त शाओमीको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो जसले ९९.९७ प्रतिशत सम्म सुक्ष्म प्रदूषकहरूलाई हटाउने क्षमता राख्दछ। मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक कम्प्याक्ट पकेट–साइजमा डिजाइन गरिएको शक्तिशाली एयर कम्प्रेसर हो जसलाई तपाईं जहाँ गए पनि आफ्नो साथमा लैजान र सुविधाजनक रुपमा प्रयोग गर्न सक्नुहुन्छ। मी एयर प्युरिफायर र मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको लन्चसँगै हाम्रो उद्देश्य भनेको इण्डस्ट्रि फर्स्ट क्लास लिडिङ्ग प्रोडक्ट्स नेपालमा ल्याउनु हो।’

मूल्य र उपलब्धता
मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य रु ५ हजार ९९९ रहेको छ र यो स्ट्यान्डर्ड कालो रंगको भेरियन्टमा उपलब्ध रहेको छ।

यस्तै गरि मी एयर प्युरिफायर–३ को मुल्य रु २३ हजार ४९९ रहेको छ। यी दुवै उत्पादनहरु मंसिर ७ गतेदेखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .