ad ad

कारोबार


राष्ट्र बैंकद्वारा पाँच फाइनान्सविरुद्ध 'एक्सन', ४ पटक कारबाहीमा पर्‍याे ललितपुर फाइनान्स

राष्ट्र बैंकद्वारा पाँच फाइनान्सविरुद्ध 'एक्सन', ४ पटक कारबाहीमा पर्‍याे ललितपुर फाइनान्स

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १८:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले ५ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। 

चालू आर्थिक वर्षको हालसम्म ५ फाइनान्स कम्पनीलाई कारबाही गर्दा ललितपुर फाइनान्स कम्पनी मात्रै ४ पटक कारबाहीमा परेको हो। 

ललितपुर फाइनान्स लिमिटेडले विपन्न वर्गमा कर्जा वितरण नगरेको भन्दै साउनमा ७ लाख ११ हजार ६ सय ४६ रुपैयाँ हर्जना तिराएको थियो। 

फाइनान्सलाई भदौ महिना पनि विपन्न वर्गमा कर्जा नदिएको भन्दै ६ लाख  ६७ हजार २ सय ७३ रुपैयाँ जर्नाना तिराइएको छ। 

ललितपुर फाइनान्स कम्पनीलाई नै असोज महिनामा पनि विपन्न वर्षमा कर्जा वितरण नगरेको भन्दै ६ लाख ७८ हजार ७३ रुपैयाँ हर्जना तिराएको छ। 

ललितपुर फाइनान्सलाई अर्को शीर्षकमा समेत कारबाहीमा परेको छ। सीसीडी रेसियो अनुसार कारोबार नगरेको भन्दै ६४ हजार ५ सय ७२ रुपैयाँ ९२ पैसा कारबाही गरेको छ। 

कारबाहीमा गर्ने अरु कम्पनीमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई साउनमा अनिवार्य मौज्दात राख्नुपर्ने नियमअनुसार नराखेको भन्दै कारबाही तथा हर्जना तिराएको हो। समृद्धिलाई १ सय ३८ रुपैयाँ २७ पैसा तिराएको हो। 

गुडविल फाइनान्स लिमिटेडलाई समेत सोही शीर्षकमा २ हजार ८ सय ७ रुपैयाँ ९९ पैसा तिराएको हो। 

त्यस्तै सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई पनि सोही शीर्षकमा कर्जा वितरण नगराएको भन्दै २ लाख ५९ हजार ७ सय ५१ रुपैयाँ हर्जना तिराएको हो। 

जानकी फाइनान्स कम्पनी लिमिटेडलाई विपन्न वर्गमा कर्जा वितरण नगरेको भन्दै ३१ लाख ९२ हजार ३ सय ८ रुपैयाँ हर्जना तिराएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .