ad ad

कारोबार


सेयरबजारमा हरियाली, पौने ३ अर्बको कारोबार

सेयरबजारमा हरियाली, पौने ३ अर्बको कारोबार

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १५:५८, काठमाडौँ

सेयरबजार आज आइतबार दोहोरो अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक २७.५१ अंकले र सेन्सिटिभ सूचक ७.२४ अंकले बढेको हो। 

आजको कारोबारमा २२५ कम्पनी सामेल भएकामा ५८ लाख १८ हजार कित्ता सेयर बिक्री भएको छ। 

दिनभरिमा ३८ हजार १ सय ४७ पटकको खरिदबिक्रीमा २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँको कारोबार भएको हो। 

कुल १३ मध्ये व्यापारको बाहेक अन्य सबै उपसूचक हरियो छन्। आज कमाउनेले १० प्रतिशतसम्म फाइदा लिँदा र गुमाउने लगानीकर्ताले पनि सोही हाराहारीमा घाटा व्यहोरेका छन्। 

आज कम्पनीको अधिकतम १५ करोड रुपैयाँसम्मको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .