ad ad

कारोबार


विद्युत् प्राधिकरण कर्मचारी संघ अध्यक्षमा फेरि भट्टराईले बाजी मारे

विद्युत् प्राधिकरण कर्मचारी संघ अध्यक्षमा फेरि भट्टराईले बाजी मारे

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १३:३६, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२औँ महाधिवेशनबाट अध्यक्षमा फेरि जनार्दन भट्टराई निर्वाचित भएका छन्। 

शनिबार भएको महाधिवेशनमा भट्टराईले २२४ मत ल्याई विजय प्राप्त गरे। उनका प्रतिस्पर्धीहरु प्रमिला ढुंगाना, इन्द्र प्रसाद न्यौपाने र उमेश कुमार शाह रहेकामा उनीहरुले क्रमशः ८०, ४५ र ३३ मत मात्रै ल्याउन सके। 

महाधिवेशनबाट संघको सहअध्यक्षमा टंक अधिकारी, वरिष्ठ उपाध्यक्षमा खिमेन्द्र बुढाथोकी, पुष्पराज भट्टराई र राजेन्द्र थापा विजयी भएको संघले जनाएको छ। वरिष्ठ उपाध्यक्ष महिलातर्फ भने सुजना काफ्ले, मधेशीतर्फ नरेश चोरवार र आदिवासी जनजातितर्फ भीमप्रसाद गनगाई विजयी भए। 

उपाध्यक्षतर्फ नवराज कडारिया र सबिन कार्की विजयी भए। त्यस्तै महासचिवमा धिमन्तराज न्यौपाने, उपमहासचिवमा श्रीराम सापकोटा र कोषाध्यक्षमा लक्ष्मी पराजुली निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .