ad ad

कारोबार


डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडान गरे आईपीटीभी सित्तैमा

डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडान गरे आईपीटीभी सित्तैमा

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १३:८, काठमाडौँ

डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ल्याएको छ। 

कम्पनीले ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ सार्वजनिक गरेको हो।

योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ। डिशहोम फाइबरनेटको ४०

एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याटबाहेक १२ हजार ९९९ रुपैयाँ खर्चिनुपर्ने हुन्छ। 

ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन्।

साथै डिशहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट ८ सय ९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .