एनएमबी बैंकले आफ्ना सेवाग्राहीलाई पासवर्ड, ओटीपीजस्ता आफ्ना महत्त्वपूर्ण जानकारी कसैलाई नदिन सुझाव दिएको छ।
आफ्नो खाताको विवरण र बैंकिङ कारोबारमा प्रयोग हुने ओटीपी, पिन, पासवर्ड, जन्ममितिजस्ता गोप्य कुरा कसैलाई थाहा नदिन सचेत गराएको हो।
उपलब्ध नगराउने आग्रह गरेको हो।
बैंकका अनुसार यस्ता जानकारीका माध्यममार्फत जो कोहीले पनि बैंकिङ कारोबारमा पहुँच राख्न सक्छन्। त्यसैले समय–समयमा आफ्ना पासवर्ड तथा पिन नम्बर परिवर्तन गर्न समेत बैंकले सुझाव दिएको छ।
यस्तै बैंकले पछिल्लो समय सामाजिक सञ्जाल एवं स्वदेशी तथा विदेशी नम्बरबाट फोन, एसएमएस तथा अन्य सन्देशमार्फत ‘बधाई छ, तपाईंले उपहार जित्नुभएको छ’ जस्ता सन्देश आउने क्रम बढेको र त्यस्ता झुटो कुरामा फसेर नठगिन पनि आग्रह गरेको छ।
87
Shares
प्रतिक्रिया