ad ad

कारोबार


धनगढी विमानस्थल अवरुद्ध

धनगढी विमानस्थल अवरुद्ध

नेपालखबर
असोज २५, २०७८ सोमबार २१:६, काठमाडौँ

समिट एयरको जहाजको टायरमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ। 

धनगढीबाट बाजुरा जाने जहाजको टायरमा समस्या आएपछि धावनमार्ग अवरुद्ध भएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ।

टायरमा आएको खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ। 

सो विमानका कारण धनगढीबाट काठमाडौंंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन भने काठमाडौंबाट आउने बुद्ध एयरको जहाज पनि जान पाएको छैन।

ग्राउण्डेड भएको जहाज धावनमार्गबाट हटाउने प्रयास भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .