ad ad

कारोबार


सामलिङ पावर कम्पनीद्वारा प्रभावित क्षेत्रका वासिन्दालाई सेयर बाँडफाँट

सामलिङ पावर कम्पनीद्वारा प्रभावित क्षेत्रका वासिन्दालाई सेयर बाँडफाँट

नेपालखबर
असोज २०, २०७८ बुधबार २२:१५, काठमाडौँ

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाँडफाँट गरेको छ।

कम्पनीले आयोजना अति प्रभावित ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि निष्काशन गरेको साधारण सेयर बुधबार बुधबार बाँडफाँट गरेको हो।

कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको साधारण शेयरहरु बुधबार बाँडफाँट गरेको जनाएको छ।

आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३२५५ योग्य आवेदनहरु परेको थियो। आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म सेयर पाएका छन्।

आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७७८९ योग्य आवेदनहरु परेको थियो। आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन्। 

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसंगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१)  देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .