सानिमा बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
कार्यालयको उद्घाटन मंगलबार गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरे।
समारोहमा बोल्दै मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
42
Shares
प्रतिक्रिया