ad ad

कारोबार


नबिल बैंक र गल्छी गाउँपालिकाबीच उद्यमशीलता विकाससम्बन्धी साझेदारी

नबिल बैंक र गल्छी गाउँपालिकाबीच उद्यमशीलता विकाससम्बन्धी साझेदारी

नेपालखबर
असोज ८, २०७८ शुक्रबार २०:३३, काठमाडौँ

नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ। 

बैंकले गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग साझेदारी गरेको हो।

बैंकको तर्फबाट वागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ।

कार्यक्रममा बोल्दै नबिल बैंकका वागमती प्रदेश प्रमुख अमित श्रेष्ठले सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए।

त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे। साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याई गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे।

गल्छी शाखालाई नबिल दिगो बैंकिङको पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग गाउँपालिकाको विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताए। 

कार्यक्रममा दिगो बैंकिङ परामर्शदाता राजु नेपाल, नबिल बैंकका वागमती प्रदेश अन्तर्गत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वल कुमार सुवेदी, नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा लगायत सहभागी थिए।

नबिल बैंकले गत असार १५ गते धान दिवशकाे दिन नबिल दिगो बैंकिङकाे सुरुवात गरेको हो।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो। कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा शुरु गरेको छ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिलता कर्जा प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .