ad ad

कारोबार


अशोक लेलैण्ड दशैँ तिहारको बहार, स्योर-सटको साथै बम्पर उपहार

अशोक लेलैण्ड दशैँ तिहारको बहार, स्योर-सटको साथै बम्पर उपहार

नेपालखबर
असोज ६, २०७८ बुधबार २१:१९, काठमाडौँ

आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ। 

यस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरूले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए।

यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिपरको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सकिनेछ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सकिने कम्पनीले जनाएको छ।

ग्राहकहरुले प्रत्येक ‘आईसीभी होउलेज, एमसीभी टिपर’ वा बस खरिदमा ३० ग्राम सुन अथवा ‘आईफेन१२ प्रो म्याक्स’ अथवा ‘टीभीएस एकट्रोक’ स्कुटर पाउन सक्नेछन् भने माथि उल्लेखित गाडीहरु मध्ये ‘आईसीभी होउलेज, एमसीभी टिपर’ वा बस मध्ये एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा ‘एप्पल म्याक बुक प्रो’ साथै ‘आईफोन१२ प्रो म्याक्स’ अथवा ‘ रोयल इन्फिल्ड ३५०  सीसी बुलेट बाइक’ पाउन  सकिनेछ।

कुनै पनि एचसीभी साथै आईसीभी  टिपरको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आईफोन १३ प्रो म्याक्स अथवा ‘टीभीएस एनट्रोक स्कुटर पाउन सकिनेछ। 

त्यस्तै गरी दुई वटा  एचसीभी र आईसीभी टिपरको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एपल म्याक बुक प्रो र  आईफोन १२ प्रो म्याक्स अथवा  रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन  सकिनेछ।

एचसीभी तथा आईसीभी टिपरको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .