ad ad

कारोबार


माछापुच्छ्रे बैंकद्वारा १४ प्रतिशत लाभांश प्रस्ताव

माछापुच्छ्रे बैंकद्वारा १४ प्रतिशत लाभांश प्रस्ताव

नेपालखबर
असोज ६, २०७८ बुधबार २०:४४, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुका लागि खुद मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

बैंकको बुधबार बसेको सञ्चालक समिति  बैठकले गत आर्थिक वर्ष (२०७७÷७८) को खुद मुनाफाबाट सेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत रु. १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो।

उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ। 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित रहेको जनाएको छ।

माछापुच्छ्रे बैंकले १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .