ad ad

कारोबार


टाटा कमर्सियल गाडीका लागि ‘शुभकामना सर्भिस क्याम्प’ सञ्चालन

टाटा कमर्सियल गाडीका लागि ‘शुभकामना सर्भिस क्याम्प’ सञ्चालन

नेपालखबर
असोज ६, २०७८ बुधबार २०:१४, काठमाडौँ

सिप्रदी ट्रेडिङ प्रालिले बडा दशैँ २०७८ को अवसरमा ग्राहकलाई सेवा प्रदान गर्ने उदेश्यले ‘टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प’  सञ्चालन गरेको छ।

यही असोज ४ देखि २० गतेसम्म सिप्रदीका ५२ वटा सर्भिस सेन्टरहरुमा एकैसाथ सर्भिस क्याम्प आयोजना भएको कम्पनीले जनाएको छ।

यो क्याम्प सम्पूर्ण टाटा कमर्सियल गाडीहरु लक्षित गरिएको छ।

सो अवधिभर टाटा कमर्सियल गाडीका ग्राहकहरुले टाटा जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ब्रेक आइटममा १५ प्रतिशत छुट,  ल्युब्रिकेन्ट्समा १५ प्रतिशत छुट तथा अन्य ल्युब्रिकेन्ट्सहरुमा हाइड्रोलिक आयल, ब्रेक आयल, कल्च आयल, कुलेन्ट तथा डीईएफमा २० प्रतिशत छुट, एक्साइड ब्याट्रिमा २० प्रतिशत छुटको साथमा एक्सचेन्ज सुविधा शुभकामना सर्भिस क्याम्पको आकर्षण रहेको कम्पनीले जनाएको छ।

यसको साथै यो क्याम्पमा टाटा गाडी सम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा भाग्यशाली ग्राहकहरुले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टिभी, फ्रीज, वासिङ्ग मशिन आदि जित्ने सुर्वण अवसर रहेको कम्पनीको भनाई छ। 

साथै लामो समयदेखि चल्न नपाएका लामो दूरीका बस तथा स्कुल बसहरुको विशेष चेक जाँच गरी दिने व्यवस्था पनि रहेको छ। यो क्याम्पमा सहभागी भएर आफ्नो टाटा कमर्शियल गाडीको चेक जाँच गराएर क्याम्पको भरपूर फाइदा उठाउन कम्पनिले आग्रह गरेको छ।  

‘टाटा मोटर्स शुभकामना सर्भिस क्याम्पमा सर्भिस बुकिङ्गको लागि ९८०१२२३३४४ मा मिसकल गर्न सकिनेछ।

थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बरमा १६६००१५५७७७, वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .