ad ad

कारोबार


एडीबीले घटायो नेपालको आर्थिक वृद्धिदर अनुमान

एडीबीले घटायो नेपालको आर्थिक वृद्धिदर अनुमान

नेपालखबर
असोज ६, २०७८ बुधबार १५:३०, काठमाडौँ

एसियाली विकास बैंकले चालू आर्थिक वर्ष (सन् २०२२)मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतले वृद्धि हुने अनुमान प्रक्षेपण गरेको छ। 

यसअघि एडीबीले गत अप्रिलमा सन् २०२१ मा ३.१ प्रतिशतले र २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो। तर यही महिना गरेको अनुमानमा भने उक्त दर घटाई सन् २०२१ मा २.३ प्रतिशतले र सन् २०२२ मा ४.१ प्रतिशतले मात्रै वृद्धि हुने अनुमान गरिएको हो। 

‘वृद्धिदर बढ्नुमा जारी कोरोनाविरुद्धको खोप अभियान मुख्य कारण हो’, एडीबीका नेपालका लागि देशीय निर्देशक आर्नाउड ककोइसले भनेका छन्। यद्यपि कोरोनाको लहर बढ्नसक्ने जोखिमलाई पनि एडीबीले मनन गरेको छ। 

प्रतिवेदनअनुसार मनसुनलगायतको कारण नेपालको कृषि क्षेत्रको वृद्धिदर बढ्न सक्नेछ। त्यस्तै निर्यातवृद्धि र घरेलु माग बलियो हुादा उद्योग क्षेत्रको नतिजा पनि निकै राम्रो हुने उल्लेख गरिएको छ। 

खोप अभियानले कोरोना संक्रमण दर विस्तारै कम हुने अनुमान एडीबीले गरेको छ। 

सरकारले राष्ट्रिय स्वास्थ्यसेवा प्रणालीलाई आर्थिक नीतिमै प्राथमिकता दिएको र अनुकूल मौद्रिक नीतिले पनि सहयोग गर्ने एडीबीले जनाएको छ। यातायात, होलसेल र खुद्रा व्यापारमा बढ्दो आर्थिक गतिविधिले सेवा क्षेत्र पनि माथि उठ्ने देखिएको एडीबीले जनाएको छ। 

ट्रेकिङ रुट्स र यात्रा खुल्ला भएसँगै सन् २०२० मा ८०.८ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय पर्यटक आगमन पनि बढ्ने अनुमान गरिएको छ। तर पर्यटन क्षेत्र महामारीअघिको अवस्थामा फर्किन भने समय लाग्ने उल्लेख गरिएको छ। 

प्रतिवेदनले नेपालको महंगी सन् २०२२ मा ५.२ प्रतिशतले बढ्ने पनि उल्लेख गरेको छ। सन् २०२१ मा यस्तो दर ३.६ प्रतिशत अनुमान गरिएको थियो। यसको कारण भने विश्व कच्चा तेलको मूल्यवृद्धि र घरेलु मागमा भएको सुधारलाई लिइएको छ। 

लगानी बढ्दै जाँदा र अर्थतन्त्र सामान्य बन्दा तेलबाहेकको क्षेत्रमा पनि वृद्धि देखिने रिपोर्टमा भनिएको छ। 

तर तेल आयातको वृद्धिदर भने क्रमशः सुस्त हुने उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .