ad ad

कारोबार


यतीको माउन्टेन फ्लाइट १० गतेदेखि, भाडा सगरमाथाको उचाइबराबर

यतीको माउन्टेन फ्लाइट १० गतेदेखि, भाडा सगरमाथाको उचाइबराबर

नेपालखबर
असोज ६, २०७८ बुधबार १२:१३, काठमाडौँ

दोस्रो लकडाउनपछि रोकिएको यती एयरलाइन्सको पर्वतीय उडान (माउन्टेन फ्लाइट) यही असोज १० गतेदेखि पुनः सुचारु हुने भएको छ।

मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

हालका लागि प्रत्येक आइतबार एक उडान गर्ने गरी बुकिङ खुल्ला गरिएको हो। प्रत्येक आइतबारका लागि एटीआर ७२ विमानमार्फत एउटा पर्वतीय उडान हुने गरी तालिका तय गरिएको जनाएका छन्। 

यती एयरलाइन्सले मागबमोजिम विस्तारै उडान संख्या थप गर्दै जाने बताएको छ। 

हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाइबराबरको, ८८४८  भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने भएको छ।
 

आवासीय विदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले बताए। 

पहिलो लकडाउनपछि खुलेको पर्वतीय उडानमा पनि यतीले यही भाडा दरमा उडान भरेको थियो।  नेपाली यात्रुहरू तथा आवासीय विदेशी नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८ सय ४८  र १४ हजार सात सय ७५ भाडादर तोकेको छ । 

यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को सँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछन्। 

पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइनमार्फत खरिद गर्न सकिने कम्पनिले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .