ad ad

कारोबार


राष्ट्रियसभामा ७ गते नै बजेट पारित गर्ने तयारी

राष्ट्रियसभामा ७ गते नै बजेट पारित गर्ने तयारी

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७८ मंगलबार १४:५८, काठमाडौँ

संघीय प्रतिनिधिसभाले पारित गरी पठाएको बजेट राष्ट्रियसभामा ७ गते पारित हुने भएको छ।  

तल्लो सभाको बैठकले पारित गरी सन्देशसहित पठाइएको विनियोजन विधेयक आज राष्ट्रिय सभामा प्रस्तुत भएकोमा स्वीकृत भएको हो। 

सभामा पेश भई छलफलको लागि ७ गते समय तोकिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले ७ गतेलाई छलफल तोकेका छन्। 

छलफललगत्तै बजेट पारित गर्ने तयारी भएको राष्ट्रियसभा सचिवालय स्रोतले जनाएको छ। 

आज बसेकोे राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुँयालले बजेट पेस गरेपछि टेबल भएको थियो। टेबल भएलगत्तै बैठक स्थगित भएको हो। 

विपक्षी दल नेकपा एमालेका सांसदहरुले बैठकमा विरोध जनाएपछि १५ मिनेटको लागि स्थगित भएको थियो। त्यसपछि बजेको बैठकले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए। सो प्रस्ताव बहुमले स्वीकृत भएको थियो।  

स्वीकृत भएपछि अब ७ गतेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। त्यसमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिनेछन्। 

छलफल सकिएपछि सोही दिन बजेट नै पास गर्ने तयारी छ। बजेटसँगसँगै यसका आश्रित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि छन्। जुन विधेयकमाथि पनि छलफल गरी पारित गरिनेछ।। 

प्रतिनिधिसभाले ४ गते बजेट पास गरेको थियो। प्रतिनिधिसभामा सांसद प्रेम सुवालले मात्रै बजेट छलफलमा भाग लिएकोले छोटो छलफलमा बजेट पास भएको थियो। 

जेठ १५मा अध्यादेशमार्फत आएको बजेटलाई हालका अर्थमन्त्री शर्माले गत भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत संशोधन हालेका थिए। सोही बजेट अहिले राष्ट्रियसभामा पुगेको हो। 

अब राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बजेट कार्यान्वयनमा जानेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .