ad ad

कारोबार


टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा

टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा

नेपालखबर
असोज ४, २०७८ सोमबार १८:४३, काठमाडौँ

टाटा मोटरको कार शोरुम नेपालगञ्जमा खुलेको छ।

टाटा मोटर्सले नेपालगञ्जस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया इन्टरनेसनल प्रा.लि.को उद्घाटन गरेको हो।

कार्यक्रममा टाटा मोटर्सका अजित सिंह, सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलिया नेपालगञ्जका मेयर डा धवल शमशेर राणा लगायत उपस्थित थिए।

टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्ना ग्राहकका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र नेपालगञ्जमा सञ्चालनमा ल्याएको जनाएको छ।

टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रा. लि. को प्रतिबद्ध अनुसार आफनो सञ्जाल नेपालभरी फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको जानकारी सिप्रदीले दिएको छ।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार हालै दशैं तिहार लक्षित नयाँ गाडीहरु खरिद गर्दा विभिन्न उपहार योजनामा सहभागी हुने अवसर पनि प्राप्त हुने छ।

नेपालगञ्ज क्षेत्रका लागि रुद्र प्रिया ईन्टरनेसनल प्रा.लि.का साथै सिप्रदी टाटा मोटर्सका लागि सम्पर्क नं ९८०१९७७७०४ तथा सिप्रदीका अन्य सेवा सुविधाका लागि टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .