ad ad

कारोबार


कति बलियो छ टाटा अल्ट्रोज? यसरी प्रमाणित भयो फाइभ स्टार रेटिङको औचित्य

कति बलियो छ टाटा अल्ट्रोज? यसरी प्रमाणित भयो फाइभ स्टार रेटिङको औचित्य

नेपालखबर
असोज ४, २०७८ सोमबार १८:२६, काठमाडौँ

नयाँ खेती सुरु गर्दा होस् या घर बनाउने बेला प्रयोगशालामा लगेर माटो परीक्षण गर्नेबारे त हामी धेरैलाई थाहा छ । 

तर, टाटा अल्ट्रोजले इँट्टाले बनेको पर्खालको समेत गुणस्तर नाप्न सक्छ भन्दा तपाईंलाई अनौठो लाग्नसक्छ। 

मनमा जिज्ञासा जाग्न सक्छ– पर्खाल बलियो छ कि छैन भनेर एउटा कारले कसरी जाँच्न सक्छ? 

तर, सक्दो रहेछ! यहाँ चर्चा गरिँदै छ, टाटा अल्ट्रोजको। 

सुरक्षा परीक्षणमा पाँच–तारे ग्लोबल एनसीएपीसमेत प्राप्त एक मात्रै प्रिमियम ह्याचब्याकका रूपमा पनि टाटा अल्ट्रोजलाई चिनिन्छ। हुन त कारले पाएको सुरक्षा रेटिङ बताउनका लागि यो राम्रो विज्ञापन होइन। 

तर, यहाँ भन्न खोजिएको कुरा यस घटनाले सजिलै बुझाउँछ। 

‘सडकमा अनेकौँ दुर्घटना हुने गर्छन्’, कम्पनी भन्छ, ‘यस्ता दुर्घटनाहरूमा आफ्ना यात्रुहरूलाई सुरक्षित राख्न अल्ट्रोज सफल रहेको थुप्रै उदाहरण छन् भन्न पाउँदा खुसी लाग्छ।’ 

कम्पनीका अनुसार टाटा मोटर्सका कारहरू गुणस्तरमा उच्चकोटीका छन्। यसमा अल्ट्रोज पनि यही गुणस्तरभित्र अटाउने कम्पनी बताउँछ। 

दुर्घटनामा समेत यात्रुहरूलाई सकुशल राख्न सफल भएकै कारण अल्ट्रोजको बिक्री पनि ह्वात्तै बढेको कम्पनीको दाबी छ। 

त्यसो त कम्पनीले भनेजस्तै भारतमा सबैभन्दा धेरै बिक्री हुने प्रिमियम ह्याचब्याकमध्ये अल्ट्रोज पनि एक हो। 

ग्राहकमाझ लोकप्रियताको शिखर चढिरहेको यो कारले चाँडै एक नम्बरको ताज पहिरिन सक्नेमा कम्पनी विश्वस्त देखिन्छ।

कति बलियो छ अल्ट्रोज? 
कम्पनीका अनुसार एक पटक यही अल्ट्रोजका मालिक गाडी चलाउन सिक्दै थिए। 

उनले गल्तीवश स्टियरिङलाई गलत तरिकाले घुमाए। गाडी गएर सीधै पर्खालमा ठोक्कियो। र, पर्खाल भुइँमा गल्र्याम्मै ढल्यो। 

बलिया इँट्टाहरूले बनेको पर्खालमा अल्ट्रोज जोडले ठोक्किएको थियो। त्यसपछि पर्खाल साह्रै नराम्ररी भत्कियो। 

कारमा ठूलै क्षति पुगेको अनुमान गरिएको थियो। तर, परिणाम ठ्याक्कै उल्टो देखियो। 

त्यतिबेला कार अलिअलि मात्रै कोतरिएको कम्पनीको दाबी गर्छ। 

कम्पनी भन्छ, ‘यो सामान्यतया अनौठो घटना नै हो । अझ कार मालिकका अनुसार त कारको सस्पेन्सनमा समेत साह्रै थोरै मात्र असर पुगेको थियो । सबभन्दा सुखद कुरा– कारभित्रका सबै जना सकुशल थिए। कतिपयले यस्तो घटनालाई ‘चमत्कार’ पनि मान्छन्।’

तीन इन्जिन विकल्पमा टाटा अल्ट्रोज
टाटा अल्ट्रोजको अफरमा तीन इन्जिन विकल्पहरू छन्ः
एक– १.२ लिटरको प्राकृतिक एस्पिरेटेड पेट्रोल इन्जिन ८६ पीएस र १ सय १३ एनएम ।
दुई– १.२ लिटर टर्बो पेट्रोल इन्जिन १ सय १० पीएस र १ सय ४० एनएम ।
तीन– १.५ लिटर डिजेल इन्जिन ९० पीएस, पिक पावर र २०० एनएम, पिक टर्क ।

अल्ट्रोजका सबै भेरियन्टमा एक मात्र पाँच स्पिड म्यानुअल गियरबक्सको विकल्प छ। नेपाली बजारमा टाटा अल्ट्रोजको मूल्य २९ लाख ९९ हजारदेखि ३८ लाख ५५ हजार रुपैयाँसम्म रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .