ad ad

कारोबार


रकम निकासा लामो समय रोकिने भएकोले बजेट पास गर्नुपर्योः अर्थमन्त्री शर्मा

रकम निकासा लामो समय रोकिने भएकोले बजेट पास गर्नुपर्योः अर्थमन्त्री शर्मा

नेपालखबर
असोज ४, २०७८ सोमबार १३:४७, काठमाडौँ

बजेट खर्च तथा निकासा धेरै समय रोकिने भएकले बजेट तत्काल पास गर्नुपरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। 

उनले आज संसद भवनबाट बाहिरिने क्रममा प्रतिपक्षको कुरा पनि सुनुवाई हुनेर अहिले बजेट पास गर्नुको कारण भनेको चाहिँ खर्च लामो समय रोकिनु नै रहेको बताएका हुन्। 

प्रतिपक्ष दलको माग सुनवाइ गर्न सभामुखले पनि सर्वदलीय बैठक राखेको र अब पनि उनीहरुको मागमा छलफल निरन्तर हुने शर्माले बताए। 

उनले भने, ‘प्रतिपक्षलाई बोलाएर वार्ता गरेर राष्ट्रिय एकता कायम गरेर नै अघि बढ्छौँ।’

त्यस्तै प्रतिपक्षी दलले आरोप लगाएजस्तो कुनै पनि योजना यो सरकारले नकाटेको उनले दाबी गरे। 

‘ती योजना स्थगित पनि गरेको छैन। त्यो कुरा प्रतिपक्षलाई समेत थाहा हुन्छ’, उनले भने। 

मन्त्री शर्माले यस्तो दाबी गरे पनि परिमार्जित बजेटमार्फत उनले ओली सरकारका १४ सय सडक योजना कटौती गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .