ad ad

कारोबार


सर्भिस माण्डु र रिटेलले इक्यानलाई सेवा उपलब्ध गराउने

सर्भिस माण्डु र रिटेलले इक्यानलाई सेवा उपलब्ध गराउने

नेपालखबर
असोज १, २०७८ शुक्रबार १८:१९, काठमाडौँ

सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच एक सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफुले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई उपलब्ध गराउने छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीले सम्झौतामा हस्ताक्षर गरे। 

सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए। उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए। उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए। 

सर्भिस माण्डु र रिटेल सेवा कोरोना भाइरसका कारण लकडाउन भएको समयमा स्थापना भएका संस्था हुन्। सो क्रममा सर्भिस माण्डु र रिटेल सेवाले कोरोनासँग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मल गनलगायतका सामाग्री व्यक्तिको घरघरमा पुर्याएको थियो। 

अहिले सर्भिस माण्डु र रिटेल सेवाले ग्राहकलाई आवश्यक परेका वस्तु अनलाइन सेवामार्फत ग्राहकको घरघरमा उपलब्ध गराउँदै आएको छ। यी दुई कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य, सौन्दर्यलगायतका सामाग्री उपलब्ध गराउँदै आएका जनाएका छन्।

कार्यक्रममा पत्रकार ऋषि धमाला, इक्यानका पूर्व अध्यक्ष विष्णु हरि पाण्डे, इक्यानका उपाध्यक्ष शेषराज भट्टराई, कृष्ण केसी, महासचिव दिपक राज भुषाल, सर्भिस माण्डु र रिटेल सेवाका निर्देशक सुदीपचन्द्र बख्रेल, सर्भिस माण्डुका अर्का निर्देशक बैकुण्ठ ढुंगानालगायतको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन प्राइम टाइम टेलिभिजनकी समाचार वाचिका तथा कार्यक्रम प्रस्तोता सुष्मा केसी श्रेष्ठले गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .