कारोबार


घरजग्गाबाट एकै महिनामा उठ्यो ८ अर्ब राजस्व

घरजग्गाबाट एकै महिनामा उठ्यो ८ अर्ब राजस्व

फाइल तस्बिर

भदौ महिनामा मात्रै २ लाख बढी घरजग्गा कारोबार भएका छन्। 

भूमि व्यवस्था तथा अभिलेख विभागले भदौ महिनामा करिब २ लाख ४ हजार घरजग्गा कारोबार भएको जनाएको छ।  

जसमा सबैभन्दा बढी ७० हजार लिखित पारित, ६६ हजार ५५८ रोक्का र ३६ हजार फुकुवासम्बन्धी कारोबार भएको विभागले जनाएको छ। 

बढी कारोबार हुने क्षेत्रमा धनगढीमा ४ हजार २६०, रुपन्देहीमा ३५ सय ३०, नेपालगञ्ज कार्यालयबाट ६ हजार, काठमाडौं उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरका कार्यालयमार्फत बढी कारोबार भएको देखिएको छ। 

पछिल्लो समय बढी घरजग्गा कारोबार हुने जिल्लामा झापा र मोरङ रहेका छन्।  

विभागले भदौ महिनामा ८ अर्ब २६ करोड राजस्व उठाएको छ। विभागले सबैभन्दा बढी राजस्व दस्तुर ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ। 

पुँजीगत लाभकर २ अर्ब ६ करोड रुपैयाँ उठाएको जनाएको छ। त्यसबाहेक सेवा कर, विलम्ब शुल्क समेतबाट कर उठाएको छ।

असोज १, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .