ad ad

कारोबार


दसैंका लागि ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन, केमा कति छुट?

दसैंका लागि ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन, केमा कति छुट?

फाइल तस्बिर


नेपालखबर
असोज १, २०७८ शुक्रबार ९:५४, काठमाडौँ

दसैंलगायत चाडपर्वलाई लक्ष्य गरी सरकारले आजदेखि देशका ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरेको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा अन्य पसलमा भन्दा कम मूल्यमा किन्न पाइनेछ। सामान किन्दा किलोमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइने मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार प्रतिकिलो चामलमा ५, सिमी तथा फापरमा १०, नुनमा २, चिनीमा ५, खसी–बोकामा १० रुपैयाँ छुट पाइनेछ। 

मन्त्रालयका सहसचिव रायणप्रसाद रेग्मीका अनुसार सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन्। 

आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसल सञ्चालन गरेका हुन्। 

कुन कुन स्थानमा भन्नेचाहिँ यो सूचनामा उल्लेख छैन। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .