सरकारले चीनमा खरिद गरेको ४४ लाख भेरोसेल खोप आज (शुक्रबार) नेपाल ल्याइने भएको छ।
नेपाल वायु सेवा निगका अनुसार खोप ल्याउन वाइडबडी विमान बिहीबार राति ११ बजे यहाँबाट उडिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार खोप लिएर विमान आज दिउँसोल २ बजे काठमाडौं आइपुग्नेछ।
सरकारले चीनमा खरिद गरेको ६० लाख डोज खोपमध्ये यसअघि १६ लाख डोज ल्याइसकेको छ।
योसमेत नेपालमा अहिलेसम्म १ करोड ३३ लाख डोज खोप ल्याइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
90
Shares
प्रतिक्रिया