ad ad

कारोबार


तराई सडक परियोजनाबारे नेपाल-भारत समीक्षा बैठक

तराई सडक परियोजनाबारे नेपाल-भारत समीक्षा बैठक

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार २२:०, काठमाडौँ

नेपालको तराई क्षेत्रस्थित सडक पूर्वाधारको सुदृढीकरणलाई लिएर चौथौ संयुक्त परियोजना अनुगमन समितिको बैठक बसेको छ।

भर्चुअल माध्यमबाट भएको बैठकमा भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा सहसचिव अनुराग श्रीवास्तव र नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा नेतृत्वको टोली सहभागी थियो ।

बैठकले भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा भएको भारतीय दूतावासले जानकारी दिएको छ ।

१४ वटा सडक प्याकेजमध्ये १३ वटा निर्माण भइसकेको अवस्थामा परियोजनाको उपलब्धिमाथि बैठकले सन्तुष्टि व्यक्त गरेको थियो। 

दुवै पक्षले कोभिड महामारीको चुनौतीबीच पनि परियोजना सफलताका साथ अघि बढेको ठहर गर्दै निर्माण कार्य अन्तिम चरणमा रहेको निचोड निकालेका छन्। 

नेपालको तराई क्षेत्रमा कुल ३०६ किलोमिटर लम्बाईका १० वटा सडक (१४ वटा प्याकेज-ठेक्कामा विभाजित) निर्माणका लागि भारत सरकारले सन् २०१६ मा ८०० करोड नेपाली रुपैयाँ आर्थिक सहयोग दिने प्रतिवद्धता गरेको थियो।

यी सडकहरुले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेछन्।

२०७७ चैत १८ गते नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री र भारतीय राजदूतले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाललाई हस्तान्तरण गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .